Thursday, January 17, 2013

जिल्लाको संक्षिप्त इतिहास

जिल्लाको संक्षिप्त इतिहास

अर्घाखाँची नेपालको पश्चिमाञ्चल विकास क्षेत्र, लुम्बिनी अञ्चलमा पर्ने एउटा पहाडी जिल्ला हो । यसको सदरमुकाम सन्धिखर्क हो । पाणिनि तपोभूमि(पणेना), सात्तले गुफा/ दुर्वाशेश्वर् गुफा(खिदिम), आलम देवीको मन्दिर(मैदान), सुपा देउराली, छत्र मन्दिर(छत्रगञ्ज), नर्तनाचल पर्वत(नरपानी), अर्घाकोट(अर्घा) यहाँका प्रमुख पर्यटकिय स्थलहरु हुन । अर्घाखाँची जिल्लाको पूर्वमा पाल्पा, उत्तरमा गुल
्मी, पश्
चिममा प्युठान तथा दाङ र दक्षिणमा कपिलवस्तु तथा रुपन्देही जिल्लासँग जोडिएको छ । अर्घाखाँची जिल्लाका सबै गाविसहरुमा सडक सुविधा उपलब्ध छ ।

जिल्लाको नामाकरण
अर्घाखाँची नामाकरणका सम्बन्धमा प्राप्त जनविश्वास अनुसार यस जिल्लाको अर्घा भन्ने स्थानमा रहेको भगवती मन्दिरमा अर्घको रुपमा दहि चढाउँदा देवी निस्किएकीले सो नामबाट अर्घा शब्दको उत्पत्ति भएको हो भन्ने बुझिन्छ । खाँची शब्दको उत्पत्ति भने सरकारले कर असुल गर्ने ठाउँ वा व्यक्तिलाई खजाञ्चि भन्ने प्रचलन भएकोले त्यसैबाट अपभ्रंश भई हुन गएको हो भन्ने बुझिन्छ । यसरी यस जिल्लाको नाम अर्घाखाँची रहन गएको भन्ने जनविश्वास पाइन्छ ।


नेपाल एकिकरण पूर्व वाइसे राज्यहरुको रुपमा रहेका अर्घा र खाँची दुई राज्य यस क्षेत्रमा रहेको र एकीकरणको शिलशिलामा ती दुई राज्यलाई तत्कालिन पाल्पा राज्यमा गाभिएको थियो । एकिकरण पछि अर्घा र खाँची मिलेर अर्घाखाँचीको नामाकरण भएको हो । २०१८ सालसम्म यो जिल्ला गुल्मी जिल्ला अन्तरगत पर्दथ्यो भने नेपाललाई ७५ जिल्लामा विभाजन गरे पश्चात यो छुट्टै जिल्लाको रुपमा स्थापित भयो ।

भौगोलिक अवस्थिति

अक्षांश: २७ डिग्रि ५५ मिनेट देखि डिग्रि मिनेट उत्तर
देशान्तर: ८३ डिग्री ४ मिनट ६० सेकेन्ड देखि डिग्री मिनट सेकेन्ड पूर्व
सिमाना: पूर्व- पाल्पा, पश्चिम-प्युठान र दाङ, उत्तर-गुल्मी र दक्षिण- कपिलवस्तु र रुपन्देही
क्षेत्रफल: १,१९३ वर्ग किलोमिटर
सबभन्दा होचोस्थान: ५४४ मिटर
सबभन्दा अग्लोस्थान: ४,१६८ मिटर

इतिहास
अर्घाखाँची पहिला अर्घा र खाँची दुई राज्यमा विभाजित थियो |